कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु



पोखरा

 पोखरामा कोरोना संक्रमणका कारण एक जना महिलाको मृत्यु भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं १३ की ७१ वर्षीय महिलाको मंगलबार राती पौने ८ बजे निधन भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा उहाँको निधन भएको हो । उहाँलाई गत माघ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा कोभिड न्यूमोनिया, मधुमेह र मृगौला सम्बन्धी समस्या थियो ।

प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २०४ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja