‘जस्टिस लीगः स्नाइडर कट’ मा फरक जोकर



पोखरा

सन् २०१७ मा रिलिज भएको सुपरहिरो फिल्म ‘जस्टिस लीग’ बक्सअफिसमा असफल भए पनि यो फिल्मलाई दर्शकले मनपराएका थिए । दर्शकले मनपराएकै कारण फिल्मको निर्माण पक्षले यसको दोस्रो संस्करण निर्माण गरेको छ । ‘जस्टिस लीगः स्नाइडर कट’ नाम दिइएको यो फिल्म आगामी मार्च ८ मा ओटीटी प्लेटफर्म एचबीओ मेक्सबाट रिलिज हुँदैछ ।

निर्माण पक्षले फिल्मको फस्र्ट लुक सार्वजनिक गरेको छ । जसमा जोकरलाई फरक लुक्समा देखाइएको छ । ज्याक स्नाइडर निर्देशित फिल्मको फस्टलुकले दर्शकलाई उत्साहित बनाएको छ । फिल्मको पोस्टरमा जोकरको दुई रुप देखाइएको छ । जहाँ एक तस्वीरमा जोकरलाई नजिकबाट प्रस्तुत गरिएको छ भने अर्को तस्वीरमा एक अँध्यारो कोठामा पुरानो शैलीमा बसेको देखाइएको छ । तस्वीरले फिल्मको पहिलो सिरिज भन्दा दोस्रो सिरिज अझ खतरनाक हुने अनुमान गरिएको छ ।

‘यसमा जोकर ब्याटमेनको बारेमा सिधा उनीसँग नै कुरा गरिरहेका छन् । जोकरले ब्याटमेन को हो भन्ने बारेमा सम्झन प्रयासरत छ । यो त्यही कुरा हो, जुन मैले पनि महशुस गरेको छु । जेरेड लेटो जोकर र बेन एप्लेक ब्याटमेनले कहिल्यै पनि एकापसलाई भेटेका छैनन् ।’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja