तनहुँमा ट्रकको ठक्करबाट युवा गम्भीर घाइते



पोखरा

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको शुक्ला गण्डकी नगरपालिका–६ मिलडाँडामा बिहीबार बिहान मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवा गम्भीर घाइते भएका छन् ।

पोखराबाट दमौली तर्फ जाँदै गरेको ग१ख ६६१६ नं को मिनीट्रकले सोही दिशातर्फ जाँदै गरेको ग१७ प ७३७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार तनहुँ भिमाद नगरपालिका-३ का ३५ वर्षीय प्रकाश लम्साल गम्भीर घाइते हुनुभएको हो ।

लम्साललाई उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मिनीट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja