पक्राउ पर्नबाट जोगिइन् सनी



पोखरा

अभिनेत्री सनी लियोनीलाई पक्राउ नगर्न केरल उच्च अदालतले क्राइम ब्राञ्चलाई आदेश दिएको छ । सनीमाथि एक इभेन्ट मेनेजमेन्ट कम्पनीले २९ लाख रुपैंयाँको आर्थिक हिनामिनाको आरोप लगाउदै मुद्दा दायर गरेको थियो ।

उक्त कम्पनीले सन् २०१९ को भ्यालेन्टाइन डेमा नृत्य गर्न सनीलाई पारिश्रमिकवापत २९ लाख दिए पनि सनी कार्यक्रममा नआएको भन्दै उजुरी दिएको थियो । उजुरीविरुद्ध सनीले जमानतका लागि निवेदन दिएपछि अदालतले गिरफ्तार नगर्न आदेश दिएको हो ।

जमानतको लागि सनीसँग उनका पति डेनियल तथा अर्का एक व्यक्तिले अदालतलमा निवेदन दिएका थिए । सनीलाई कोच्ची क्राइम ब्राञ्चले फेब्रुअरी ३ मा तिरुअनन्तपुरममा सोधपुछका लागि बोलाएको थियो । उनीमाथि आइपीसीको धारा ४०६ र ४२० अनुसार मुद्दा दर्ता गरिएको थियो ।

सनीले भने आफू दुईपटक कार्यक्रम हुने स्थानमा गए पनि कार्यक्रम हुन नसकेको दाबी गरेकी छन् । अन्ततः यो कार्यक्रम अंगमालीमा रहेको एडलक्स इन्टरनेशनल कन्भेन्सन सेन्टरमा गरिएको थियो । यद्यपि सनीले भने आफूले अझै १२ लाख रुपैंयाँ पाउन बाँकी रहेको जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja