ट्याटु प्रेमी यी सेलिब्रेटी



पोखरा

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस आफ्नो रोमान्टिक केमेष्ट्रीका कारण चर्चामा रहन्छन् । हालैमात्र प्रियंकाले ‘ऐले’ नामक पत्रिकाको लागि फोटोसुट गराएकी थिइन् । जुन तस्बिर हेर्दा उनको शरीरमा ट्याटु देखिन्छ ।

जुन ट्याटु उनले आफ्नो इन्गेजमेन्ट एनिभर्सरीमा निकसँग बनाएकी थिइन् । उनीहरु दुवैको शरीरमा एकै किसिमको ट्याटु छ । प्रियंकाको ट्याटु कानको पछाडि छ, जसमा एकातर्फ बक्स र अर्कोतिर चेकको चित्र छ । निकको ट्याटु उनको छातीमा छ । निक र प्रियंका अघि बलिउडका कैयौं सेलिब्रेटीले आफ्नो पार्टनर र परिवारका लागि सुन्दर ट्याटु बनाएका छन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोण जहिल्यै आफ्नो ट्याटुलाई लिएर चर्चामा आउछिन् । अभिनेत्रीले रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहँदा आरके ट्याटु बनाइन् । तर केही वर्षमै दुवै अलग्गिएपछि उनले ट्याटुलाई हटाउनुको साटो ‘रीटच’ गरिन् । यवसबाहेक दीपिकाको एंकलमा डीपी लेखिएको ट्याटु छ ।

बलिउडका खेलाडी कुमार अक्षय कुमारले हालैमात्र आफ्नो काँधमा ट्याटु बनाए । उनको ट्याटुमा टीना लेखेका छन्, यो उनको श्रीमति ट्विंकलको निकनेम हो । यसअघि अक्षयले काँध र गर्धनमा आफ्नो सन्तानको नामको ट्याटु खोपेका छन् । जुन ट्याटु उनी सर्टलेसन हुँदा देख्न सकिन्छ ।

अभिनेता इमरान खानले आफ्नो छोरी इमाराको जन्मपछि छोरीको पाइलाको ट्याटु आफ्नो छातीमा खोपेका छन् । यसअघि उनले आफ्नो छाती र काँधमा दुई ट्याटु बनाएका छन् ।

अभिनेता अर्जुन कपुर आफ्नी आमासँग एकदमै नजिक थिए । उनले आफ्नो आमाका लागि आफ्नो हातको जोर्नीमा ‘माँ’ लेखेका छन् । यो नामसँगै उनले ८ नम्बर पनि लेखेका छन् । यो नम्बर उनको जन्ममिति २६ को जोड हो ।

अभिनेता रणवीर कपूरले आफ्नो पाखुरामा ‘आवारा’ ट्याटु खोपेका छन् । यो ट्याटु उनको हजुरबुवा राज कपूरको सबैभन्दा लोकप्रिय फिल्म ‘आवारा’ नामबाट बनाइएको बताइन्छ ।

‘वार’ अभिनेता ऋतिक रोशनले आफ्नो पूर्व पत्नी सुजैन खानको नामको ट्याटु हातको जोर्नी छेउमा खोपेका छन् । ऋतिक र सुजैनको एक आइडेन्टिकल ट्याटु पनि छ । सम्बन्धविच्छेदपछि सुजैनले ट्याटुलाई रिडिजाइन गरेर ‘फलो योर सनसाइन’ लेखेकी छन् । तर ऋतिकले आफ्नो ट्याटुमा केही परिमार्जन गरेका छैनन् ।

अभिनेता अजय देवगनले छातीमा शिवजीको अनुहारको ट्याटु बनाएका छन् । वर्षौ अघि अजयले छोरी नायसाको नामको ट्याटु छातीमा खोपेका थिए । उनले छोरा युगको नाममा पनि ट्याटु बनाएका छन् ।

अभिनेता सञ्जय दत्तको शरीरमा कैयौं ट्याटु छन् । अभिनेताले सिंह राशीको चिन्ह, तिब्बतको दुई समुराय र एक जापानी चिन्ह बनाएका छन् । जसको हिन्दीमा ‘गर्व’ भन्ने अर्थ लाग्छ । यसबाहेक उनले आफ्नो अभिभावक र श्रीमतिको नाममा पनि ट्याटु खोपेका छन् ।

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतले आफ्नो ढाडमा आमाका लागि ट्याटु खोपेका छन् । अभिनेता सैफ अली खानले अभिनेत्री करीना कपूरसँग फिल्म ‘टसन’को समयमा एकअर्कासँग डेट गर्न सुरू गरेका थिए ।

यद्यपि त्यो समयमा उनीहरुको सम्बन्ध के हो भन्ने केही टुंगो लागिसकेको थिएन । तर सैफले आफ्नो ट्याटुको माध्यमबाट आफू करीनासँग सम्बन्धमा रहेको जानकारी गराए । उनले ठूला अक्षरमा कैरीना ट्याटु खोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja