पोखरामा माछापुच्छ्रे क्रिकेट प्रतियोगिता हुने



पोखरा

 पोखरामा पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बक्स क्रिकेट भनेको सप्ट बल अर्थात टेनिस बलले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केही भिन्न हुन्छ । बक्स क्रिकेटका केही नियम भने फरक रहेका छन् । उक्त क्रिकेटमा सीधा अर्थात स्टेट प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने छैन् । अन्य क्षेत्रमा फालिएको छक्का भने आउटमा गनिने छ । फागुन १-४ गते सम्म लेखनाथ-२७ स्थित माछापुच्छ्रे क्रिकेट एकेडेमीमा संचालन हुने एकेडेमीका संचालक अरुण पौडेलले दिनुभयो ।

हालको प्रदेशसभा भवन रहेको स्थानमा रहेको एकेडेमीले लेखनाथमा नयाँ एकेडेमी संचालन गरेको हो । एकेडेमीको उद्घाटन र प्रतियोगिता एकसाथ गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बिहिवार आयोजित पत्रकार सम्मेलनमा एकेडेमी संचालन र प्रतियोगिताबारे जानकारी दिर्दै गण्डकी प्रदेशका खेलाडी एवम् एकेडेमीका प्रशिक्षक दिपेश खत्रीले नेपालमा ब्याट्म्यान र ग्राउन्ड खेलाडी उत्पादनको लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

नेपालमा विस्फोटक ब्याट्सम्यान र ग्राउन्ड सट खेलाडीको अभाव रहेको र एकेडेमीले सोही अनुसारको खेलाडी उत्पादन गर्नका लागि आयोजना गर्न लागको प्रतियोगिता एकेडेमीको वार्षिक क्यालेन्डरमा समेत राखिने उहाँले सुनाउनुभयो । प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको सो अवसरमा वताइएको छ । प्रतियोगिताको विजेताले नगद ३२ हजार र उपविजेताले १६ हजार रुपैँया प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान दुई हजार पाँच सय रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता संचालन गर्न करिब डेढलाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja