गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण



पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६०७ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार दिउसो कास्कीको पोखरामा १३ जना र लमजुङको सुन्दरबजारमा ३ जनाा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकामा २ जना महिला र २ जना पुरुषमा कोरोना देखिएको छ । महानगरको वडा नं १ का १ जना पुरुष, वडा नं ६ का १ जना महिला र १ जना पुरुष, वडा नं ८ का २ जना पुरुष, वडा नं १० का १ जना महिला र १ जना पुरुष, वडा नं १२ का १ जना महिला र वडा नं १७ का १ जना महिलामा कोरोना संक्रमण देखिएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

७ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको हो । उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरमा परिक्षण गरिएको थियो । त्यसैगरी ४ जना संक्रमितहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो । ५ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान हुनुभएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशक शर्माले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja