‘डाक्टर जी’मा आयुष्मानको जोडी राकुल



पोखरा

बलिउड नायक आयुष्मान खुराना फरक कथामा बनेका चलचित्रमा काम गर्न माहिर छन् । यसैले पनि उनले अभिनय गरेका चलचित्रमा दर्शकको रुची बढ्न थालेको छ । उनका चलचित्रले सय करोड सजिलै पार गर्न थालेका छन् ।

उनै, आयुष्मान चलचित्र ‘डाक्टर जी’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गर्दैछ । यो चलचित्रमा आयुष्मानको जोडीको रुपमा नायिका राकुल प्रित सिंहले काम गर्ने पक्का भएको छ ।

राकुल र आयुष्मानले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेका हुन् । आयुष्मानसँग काम गर्न पाउँदा राकुलले खुशी व्यक्त गरिन् ।

उनले, यो चलचित्रको कथा सुनेदेखि नै आफूलाई चलचित्रसँग प्रेम भएको उल्लेख गरेकी छिन् । चाडै नै चलचित्रको छायांकनमा जोडिने आशा उनले व्यक्त गरेकी छिन् ।

राकुलका अनुसार, यो एक रोमाञ्चक कथामा बन्न लागेको चलचित्र हो, जसले मेडिकल व्यवसायको बिषयमा बोल्नेछ । दर्शकले चलचित्रबाट नयाँ स्वाद पाउने उनको अपेक्षा छ ।

अनुभुती कश्यपले निर्देशन गर्न लागेको चलचित्रको छायांकन चाडै नै सुरु हुने बताइएको छ । साउथ चलचित्रमा जमिरहेकी राकुलको माग पछिल्लो समयमा बलिउडमा पनि निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja