अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार पुग्यो



पोखरा

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २० हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३६३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख २० हजार २८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ९३ हजार ७५८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ५१ लाख पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ५१ लाख जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ७४ हजार ८१० जनामध्ये २७ हजार ६५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja