प्रचण्ड: हामीले तीन वर्षमा केपीलाई सम्झाउन सकेनौँ



पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा तीन वर्षको अवधिमा पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाम गठबन्धन बनाएर चुनावी अभियानमा होमिँदा गरेको वाचा पूरा गर्न नसकेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न जस्तोसुकै सम्झौता गर्न तयार हुने तर कार्यान्वयन नगर्ने परिपार्टीले कुनै काम गर्न नसकेको बताए ।

उनले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउन नसकेको बताए । उनले भने, ‘हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ । त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु । सबै दोष केपी ओलीलाई दिएर पन्छिन पनि चाहान्न । अब हामी यस्तो हुन दिने छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja