‘सलार’मा प्रभाससँग कटरीना



पोखरा

‘बाहुबली’ फेम अभिनेता प्रभासको नयाँ फिल्म ‘सलार’को हैदाराबादमा सुटिङ सुरू भइसकेको छ ।

केही दिन अघिमात्र फिल्मको सेटमा मुहुर्त पूजा गरिएको थियो । पूजामा ‘केजीएफ २’ स्टार यश पनि उपस्थित थिए । उनीहरुको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो ।

फिल्ममा अभिनेत्रीका लागि ‘बागी’ स्टारर अभिनेत्री दिशा पटानी फाइनल भइसकेको समाचार केही दिन अघि आएको थियो । तर अहिले भने फिल्ममा दिशाको स्थानमा कटरीना कैफ फाइनल भइसकेको नयाँ खबर आएको छ । फिल्मका निर्माताले दिशालाई भन्दा पनि कटरीनालाई बढी मनपराएका छन् ।

यद्यपि निर्माताले हालसम्म यो विषयमा कुनै घोषणा गरेका छैनन् । तर यो घोषणा भयो भने दक्षिण भारतीय फिल्मका लागि एउटा ठूलो सफलता साबित हुने त्यहाँका फिल्म विश्लेषकहरुको बुझाइ छ ।

यदी कटरीनाले यो फिल्ममा काम गर्न सहमति जनाइन् भने उनका लागि यो निर्णय घर फर्किए सरह हुनेछ । किनकी सन् २००५ मा नन्दमुरी बालकृष्ण स्टारर फिल्म ‘अल्लारी पिद्दुगु’ पछि कटरीना कुनै पनि टलिउड फिल्ममा देखिएकी छैनन् ।

उनले सन् २००४ मा फिल्म ‘मल्लेसवरी’बाट तेलुगु फिल्ममा पाइला चालेकी थिइन् । त्यसपछि उनी बलिउडमा नै व्यस्त भइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja