पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको निधन



पोखरा

पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको निधन भएको छ ।

पोखराको मुटु पोखरा-८ का ७३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड- १९ उपचार केन्द्रमा उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।

यही पुस २१ गते कोरोना संक्रमण पुष्टि भई उपचार गराइरहनु भएका उहाँको उपचारका क्रममा आइतबार दिउँसो १.४० बजे निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । उहाँको कोरोना संक्रमणसँगै निमोनिया समेत रहेको बताइएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja