गण्डकी प्रदेशमा थप ३६ जना कोरोना संक्रमित



पोखरा

गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइतबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप भएकासहित अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १५ हजार १६४ पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिकाको वडा नं १ का १ जना पुरुष, वडा नं २ का १ जना पुरुष, वडा नं ६ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा नं १० का १ जना पुरुष, वडा नं १४ का ७ जना पुरुष, वडा नं १५ का १ जना महिला र १ जना पुरुष, वडा नं १७ का १ जना महिला र १ जना पुरुष, वडा नं १९ का २ जना महिला, वडा नं २२ का १ जना महिला, वडा नं २६ का २ जना पुरुष र वडा नं ३० का १ जना महिलामा देखिएको छ ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका वडा नं १ का १ जना पुरुष, शुक्लागण्डकी नगरपालिकाको वडा नं ८ का १ जना महिला, पर्वतका जलजला गाँउपालिका वडा नं ३ का १ पुरुष, म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का १ जना महिला, वडा नं ७ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको वडा नं ५ का १ जना पुरुष, बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं १ का २ जना पुरुष, वडा नं २ का १ जना महिला र ३ जना पुरुष तथा वडा नं ३ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आइतबार संक्रमण पुष्टि भएका मध्ये १४ जना कन्ट्याक ट्रेसिङबाट पहिचान गरिएको हो । उनीहरुको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको थियो । ६ जना सक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको जनाइएको छ । त्यसैगरी १६ जनाको लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने पनि निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja