प्रधानमन्त्री ओलीलाई योगेशको जवाफ- तपाईँको स्तर थाहा पाएँ खुशी लाग्यो



पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौँमा भएको कार्यक्रममा आफूलाई ‘केटो’ भन्दै दिएको अभिव्यक्तिमा योगेश भट्टराईले जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहको नेकपा प्रदेश १ सम्पर्क कमिटीको भेलामा नेता भट्टराईलाई ‘आफैँले नेता र मन्त्री बनाइदिएको केटाले अहिले आफैँलाई पुक्क लात हानेर हिँडेको’ भन्दै टिप्पणी गरेकामा भट्टराईले ओलीको स्तर थाहा पाएकोमा खुशी लागेको बताएका छन् ।

भट्टराईले शनिबार राति ट्वीट गर्दै भनेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो।’

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja