दुई बालकसहित गण्डकीमा ४७ जनामा कोरोना संक्रमण



पोखरा

कास्कीको पोखरा र तनहुँको शुक्ला गण्डकीका दुई बालक सहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार विभिन्न जिल्लामा थप संक्रमित पहिचान भएका हुन् ।

पोखरा महानगरपालिकाको वडा नं २ का १ जना महिला र १ जना पुरुष, वडा नं ४ का १ जना बालक, ३ जना महिला र ४ जना पुरुष, वडा नं ६ का २ जना महिला, वडा नं ८ का १ महिला र १ जना पुरुष, वडा नं १० का २ जना महिला, वडा नं ११ का १ जना पुरुष, वडा नं १२ का २ जना पुरुष, वडा नं १५ का १ जना पुरुष संक्रमण देखिएको हो । त्यसैगरी महानगरको वडा नं १७ का २ जना पुरुष, वडा नं २६ का १ जना महिला, वडा नं २७ का १ जना महिला र २ जना पुरुष, वडा नं २९ का १ जना पुरुष, वडा नं ३१ का १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
तनहुँको रिसिङ गाँउपालिका वडा नं ४ का १ जना, शुक्लागण्डकी नगरपालिका वडा नं ५ का १ जना महिला र १ जना पुरुष, पर्वतको पैयुँ गाँउपालिका वडा नं १ का १ जना पुरुष, वडा नं ३ का १ जना पुरुष, लमजुङको दोर्दी गाँउपालिका वडा नं २ का १ जना महिला र २ जना पुरुष, बेशीसहर नगरपालिका वडा नं ८ का १ जना महिला र १ जना पुरुष, वडा नं ९ का १ जना महिला, मस्र्याङदी गाँउपालिका वडा नं ३ का १ जना महिला, वडा नं ७ का १ जना पुरुष, म्याग्दीको बेनी नगरपालिका वडा नं ३ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, बाग्लुङका बाग्लुङ नगरपालिका वडा नं का १ जना पुरुष, वडा नं २ का १ जना बालक, वडा नं १२ का १ जना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमितहरु मध्ये ७ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनीकमा गरिएको परिक्षणबाट पहिचान भएको निर्देशनालयको भनाइ छ । २१ जना संक्रमितहरु कन्टयाक ट्रेसिङबाट पहिचान भएको हो । उनीहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको थियो । त्यसैगरी १९ जना पोखरास्थित लाइफ केयर एण्ड डायग्नेस्टिक सेन्टर प्रालिमा भएको परिक्षणबाट पहिचान भएको निर्देशनालयले बताएको छ ।

संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ । बिहीबार पोखरामा पहिचान भएका सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ हजार ८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja