रामजीको लघु फिल्म ‘एक लभर’ सार्वजनिक



पोखरा

नेपालको वर्तमान सामाजिक विषयवस्तुमा आधारित लघु फिल्म ‘एक लभर’ सार्वजनिक गरिएको छ ।

‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको यो फिल्म युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद रहेको छ । ३० मिनेट लामो यो लघु फिल्ममा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छ ।

प्रेमीलाई भेट्न अस्टेलिया जान खोजेकी एक युवतीले नेपालका एक धनाढ्य युवालाई प्रेमको नाटक गरी लाखौं खर्च गराएर जब अष्ट्रेलिया पुगेको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।

निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका चलचित्र सार्वजनिक गरिसकेका छन् ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी लघु फिल्ममा शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja