एट्लेटिको मड्रिडलाई ४ अंकको अग्रता



पोखरा

लिग लिडर एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा सेभियालाई पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

मंगलबार राति भएको खेलमा एट्लेटिकोले सेभियालाई २-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले दुवै हाफमा एक एक गोल गरेको थियो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कारेअ र सउल निगुएजले एक एक गोल गरे । खेलको १७ औं मिनेटमा कोरेअले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा सउलले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितपछि एट्लेटिकोले शहरी प्रतिद्वन्दी रियल माथि ४ अंकको अग्रता बनाएको छ ।

१६ खेलबाट एट्लेटिकोले ४१ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको १८ खेलबाट ३७ अंक रहेको छ । एट्लेटिकोले अझै २ खेल कम खेलेको छ । यस्तै बार्सिलोना १८ खेलबाट ३४ अंकसहित तेस्रो स्थानमा छ ।

१७ बाट ३० अंक रहेको सेभिया छैटौं स्थानमा रहेको छ ।

ला लिगाकै अर्को खेलमा ग्रानडाले ओसासुनालाई २-० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja