अमेरिकामा एकैदिन ४ हजार १०० संक्रमितको मृत्यु



पोखरा

अमेरिकामा एकैदिन ४ हजार १०० कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै बुधबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६९ हजार ९०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ९७३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड १८ लाख ५७ हजार ६१६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३० लाख २४ हजार १४२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८४ लाख ६३ हजार ४८४ जनामध्ये २९ हजार ३५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja