कागजको ट्रेलर सार्वजनिक गरेपछि चर्चामा पंकज त्रिपाठी



पोखरा

बलिउड अभिनेता डाइरेक्टर निर्माता सतीश कौशिकको नयाँ फिल्म ‘कागज’ चर्चामा छ । यस फिल्ममा अभिनेता पंकज त्रिपाठी मुख्य भूमिकामा छन् । सतीश कौशिकले कागजको निर्देशन गरेका छन् भने फिल्ममा अभिनय समेत गरेका छन् ।

सतीश कौशिकले यसअघि कैयौं फिल्मको निर्देशन गरेका छन् । तर हम आपके दिल मे रहते है, तेरे नामका अलावा उनी निर्देशित फिल्मले दर्शकको राम्रो प्रतिकृया पाउन सकेन । यस पटक आफ्ना पुराना दर्शक रुझाउने अभिप्रायले उनी कागजमार्फत फेरी एक पटक आएका छन् ।

कागजको ट्रेलर रिलिज भएको छ । यसलाई धेरै दर्शकले राम्रो प्रतिकृया दिएका छन् । ट्रेलरमा पंकज त्रिपाठीको अभिनयले चर्चा पाएको छ । पंकज यस फिल्ममा मुख्य भुमिकामा आउँदैछन् ।

सतीश कौशिकले अहिलेसम्म रूपकी रानी चोरों का राजा, प्रेम, हम आपके दिल में रहते हैं, हमारा दिल आपके पास है, मुझे कुछ कहना है, बधाई हो बधाई, तेरे नाम, वादा, शादी से पहले, कर्ज, तेरे संग, मिलेंगे मिलेंगे, गैंग्स अफ गोस्ट्स जस्ता फिल्म निर्देशन गरेका छन् । अब कागजले दर्शक कत्तिको रिझाउँछ त्यो भने हेर्न बाकीँ नै छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja