जोन्टा कल्ब अफ पोखरा द्धारा घरेलु हिंसा, कानुनी उपचार सम्बन्धी प्रशिक्षण



जोन्टा कल्ब अफ पोखराले घरेलु हिंसा सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालीका वडा नं.९का महिलालाई सहभागी गराई जोन्टा कल्ब अफ पोखराले घरेलु हिंसा सम्बन्धी कानुनी उपचारको बारेमा प्रशिक्षण दिएको हो।प्रशिक्षण कार्यक्रममा , अधिवक्ता विनिता नेपालीले घरेलु हिंसा सम्बन्धी वडा,महानगर, जिल्ला प्रहरी कार्यालयमा कसरी कानुनी उपचार प्राप्त गर्न सकिन्छ भनेर, निवेदन गर्ने, देखी कारवाहि प्रक्रिया सम्म प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कै क्रममा अधिवक्ता नेपालीले घरेलु हिंसा बारे सचेतना जगाउनुका साथै घरेलु हिंसा अन्त्य गर्ने उद्देश्य ज्वोन्टा कल्ब अफ पोखराको अत्यन्तै सरानीय कदम भएको बताउनुभयो । ३२ जना सहभागी भएको कार्यक्रम प्रभावकारी र लाबदायीक भएको बताउदै जोन्टा कल्ब अफ पोखराका सुचना विभाग सदस्य नेलिशा ठकुरीले ,४ जना सहभागी महिलाले तत्कालै कानुनी उपचारको बाटोमा जाने तदारुकता देखाएको बताउनु भयो । जोन्टा कल्ब अफ पोखरा महिला माथि हुने घरेलु हिंसा सम्बन्धी सचेतना जगाउनुका साथै घरेलु हिंसा नै अन्त गर्ने उद्देश्य सहित आगामी दिनमा अगाडी बढ्ने कल्ब अध्यक्ष लिना गोशेलीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja