खुमलटारमा दाहाल-गौतम भेटवार्ता



पोखरा

प्रतिनिधिसभा विघटनपछि अघोषित रूपमा विभाजित बनेको सत्तारूढ नेकपाका उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

समान्नतर बैठकसँगै विभाजनको बाटो कोरेका केपी ओली र प्रचण्ड-माधव समूह कतै पनि नरहेको बताएका गौतम बिहान साढे ९ बजेति दाहाललाई भेट्न खुमलटार पुगेका थिए । गौतम र दाहालबीच करिव ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ ।

भेटवार्ता पुस ५ मा प्रतिनिधिसा विघटनपछिको राजनीतिक घटनाक्रमको समीक्षा र आगामी कदमबारे केन्द्रित रहेको जनाइएको छ ।

१५ सय जना सदस्यहरूको तटस्थ समूह बनाएर अझै पनि पार्टी एकताको लागि दबाब दिन लागेको बताउँदै आएका गौतम दाहाल भेट्न खुमलटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja