‘मध्य अफ्रिकाका राष्ट्रपति तुवादेरा जीत नजिक पुगेको सत्ताधारी दलको दावी’



पोखरा

 मध्य अफ्रिकी गणराज्यका राष्ट्रपति फोस्टिन आर्चेंज तुवादेरालाई गत साताको अन्त्यमा सम्पन्न निर्वाचनले जीतको नजिक पुर्‍याएको उहाँको दलले दावी गरेको छ । विपक्षी दलले मतदान रद्द हुन आह्वान गरेको एक दिन पछि उहाँ जीतको नजिक पुगेको सत्ताधारी दलले बिहीबार जनाएको हो ।

“नतिजाहरूले हाम्रो उम्मेद्वारलाई पुनः निर्वाचित हुने सम्भावनाको नजिक पुर्‍याएको छ । मध्य अफ्रिकी नागरिकले प्रदान गरेको नविकरणलाई प्रतिबिम्बित गर्दै प्राध्यापक टुआदेराले पहिलो चरणको जीत सुनिश्चित गरेको छ,” उहाँका अभियान निर्देशक सिम्पलिस माथिउ सरन्डजीले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

विपक्षी समूहको एक शक्तिशाली गठबन्धनले बुधवार हिंसाबाट ग्रस्त देशको मतदानमा नराम्रो असर परेको बताएको थियो । उसले यो निर्वाचन परिणाम रद्दगरी पुनः निष्पक्ष र स्वभाविक प्रतिस्पर्धा गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja