पोखरामा खोला मिचेर बनाइएको रिटेनिङ पर्खाल हटाउन माग



पोखरा

नागरिक समाज कास्कीले सावैजनिक जग्गा अतिक्रमण बारे स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

विहिबार संस्थाका संयोजक इन्द्रकमल मानन्धर नेतृत्वको प्रतिनिधिमण्डलले पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीलाई ध्यानाकर्षण गराएको जनाएको छ ।

नागरिक समाजको प्रतिनिधिमण्डलले वडास्थित फिर्केखोलाको झण्डै दुई रोपनी जग्गा अतिक्रमण गरी निर्माण गरिएको रिटेनिङ पर्खाल तत्काल हटाउन वडा अध्यक्ष नेपालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समाजका पूर्वअध्यक्ष तथा नागरिक अभियन्ता रामबहादुर पौडेलका अनुसार सार्वजनिक जग्गा अतिक्रमका सम्बन्धमा अख्तियार कार्यालय पोखराका प्रमुखलाई पनि यसबारे जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja