पोखरामा नयाँ एड्भेन्चर ‘टावर क्लाइम्बिङ’ सुरु



पोखरा

पर्यटकिय शहर पोखरामा अर्को नयाँ एड्भेन्चर गतिविधि थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरा (माउन्टेन म्युजियमको आडैमा) बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलोपटक टावर क्लाइम्बिङ सुरु गरेको हो ।

३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चड्दा थकाइ लागे बिचमा रोकिएर आराम गर्दै समेत जान सकिने गरी डिजाइन गरिएको छ ।

एड्भेन्चर भएकाले पुर्ण सुरक्षा सावधानीमा संरचना तयार गरिएको र सोही अनुसार सञ्चालन गरिने कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिएका छन् । टावर क्लाइम्बिङ गर्ने शूल्क एक जनाको एक हजार रुपैयाँ तोकिएको छ । टावर चढ्दा आवश्यक उपकरण कम्पनीले नै ब्यवस्था गरिदिने भएको छ  ।

चढ्ने व्यक्तिले भने स्पोर्ट्स वेयर लगाउनु पर्ने छ । क्लाइम्बिङ गर्दा आफ्नो फोटो लिन चाहेमा थप दुई सय रुपैयाँ लाग्ने भट्टराईले जानकारी दिए ।

टावर माथिबाट हिमशृंखलासँगै पोखरा आसपासका दृश्य अवलोकन गर्न सकिने उनले जानकारी दिए । उनका अनुसार टावरमा बर्थडे, एनिभर्सरी सेलिब्रेसनको प्याकेज समेत बनाइएको छ ।

टावरसँगै बन्जी परिसरमै रेस्टुरेन्ट समेत सञ्चालनमा आएको छ । अबको केही महिनामै बन्जी सुरु गरिने उनले जानकारी दिए । टावरको संरचनागत काम सकिएको र कोभिड १९ का कारण जापानबाट प्राविधिक आउन बाँकी भएकोले बन्जी सुरु हुन ढिलाइ भएको उनको भनाइ छ ।

भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपाल बहादुर बराल क्षेत्रीको समेत लगानी रहेको छ ।

अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रुपमा लामो समय काम गरि स्वदेश फर्केर हाल आफ्नै साथीहरूको समूह बनाइ बन्जीमा लगानी गरेको जानकारी दिए ।

बन्जीका लागि अन्तरास्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बञ्जी’ सँगको प्राविधिक समन्वयमा काम भइरहेको भट्टराइले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja