पोखरामा हल खुले, दर्शक सहभागिता भने न्यून



पोखरा

 गत शुक्रबारबाट फिल्म हल सञ्चालन गर्ने तयारी गरेका पोखराका हल सञ्चालक एकाएक पछि हटे । केन्द्रबाट निर्णय आएपछि हल खोल्ने उनीहरुको भनाइ थियो । भोलिपल्ट शनिबारबाट क्यूएफएक्स सिनेमाको फेन्चाइज पोखरा सिनेप्लेक्सले फिल्म देखायो ।

पहिलो दिन चार सो फिल्म देखाइएकोमा दोस्रो दिनबाट दैनिक तीन सो फिल्म देखाइएको पोखरा सिनेप्लेक्सको अप्रेसन मेनेजर राजन पुरीले बताउनुभयो ।फिल्म प्रदर्शन गर्न थालिएपनि दर्शक सहभागिता न्यून भएको उहाँको भनाइ छ । ‘दर्शक सहभागिता न्यून छ, पुराना मुभी भएर पनि होला, नयाँ मुभी भए दर्शकको संख्या बढ्ने थियो होला’ पुरीले भन्नुभयो । पोखरा सिनेप्लेक्समा आमा, सेन्टिभाइरस र दि इनभिजिबल म्यान प्रर्दशन भइरहेको छ ।

यता पोखराको मल्टिप्लेक्स हल मिड टाउन सिनेमाज आज मंगलबारदेखि खुल्दैछ । हल खुलेपछिको पहिलो सो को रुपमा दिउँसो १ बजे ‘आमा’ फिल्म देखाउने मिड टाउन सिनेमाजले जनाएको छ । सरकारले हल खोल्ने अनुमति नदिएपनि नेपाल चलचित्र संघको आव्हानमा हल सञ्चालन गर्न थालिएको मिड टाउन सिनेमाजका व्यवस्थापक निकेश द्वाले बताउनुभयो । मिड टाउन सिनेमाजमा समेत आमा, सेन्टिभाइरस र दि इनभिजिबल म्यान प्रर्दशन हुनेछ । दैनिक कुल तीन सो देखाउने तयारी मिड टाउनले गरेको छ । हल सञ्चालमा आएपनि दर्शकको भिडभाड हुन ३ देखि ६ महिना लाग्ने व्यवस्थापक द्वाको अनुमान छ ।

कोरोना महामारीको त्रास कायमै रहेकोले फिल्म हलमा स्वास्थ्य मापदण्डको पुरै पालना गरेर ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्न थालिएको हो । उता लामाचौरमा रहेको हिमाज सिनेमाहल भने आगामी शुक्रबारबाट खुल्ने सञ्चालक मध्येका एक शम्भु थापाले बताउनुभयो । सिनेप्लाजा अन्र्तगतका विन्ध्यवासिनि, श्रीकृष्ण र बाराहीहल भने अझै सञ्चालनमा आउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja