सामसुङले बेच्यो ९ वर्षयताकै सबैभन्दा कम मोबाइल फोन



पोखरा

दक्षिण कोरियाली कम्पनी सामसुङले यो वर्ष सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार यो संख्या पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो ।

कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा तल झरेको रिपोर्टमा उल्लेख छ ।

यद्यपि कम्पनीले यो अवस्थालाई आगामी वर्ष सन् २०२१ मा उल्टाउन चाहन्छ । सन् २०२१ मा सामसुङले ३० करोड ७० लाख मोबाइल फोन बिक्री गर्ने लक्ष्य बनाएको छ ।

त्यसमध्ये २८ करोड ७० लाख गोटा स्मार्टफोन हुनेछन् भने बाँकी फिचर फोन रहनेछन् ।

दक्षिण कोरियाको इटी न्यूजले प्रकाशित गरेको रिपोर्टअनुसार सन् २०२१ मा सामसुङले आफ्ना मोबाइल फोनको बिक्रीमा २१ प्रतिशतले बढोत्तरी गर्ने लक्ष्य राखेको छ ।

तथ्यांकअनुसार सन् २०२० को तेश्रो त्रैमासिकसम्ममा १८ करोड ९४ लाख गोटा मोबाइल फोन बिक्री गरेको थियो । र, वर्षको अन्त्यसम्ममा कुल २७ करोड मोबाइल फोन बेच्ने प्रक्षेपण गरेको छ ।

सामसुङले आगामी वर्षका लागि फाइभ जी स्मार्टफोनमा आफ्नो ध्यान केन्दि्रत गर्दै मध्यम तथा न्यून मूल्यका मोबाइल फोनको बिक्री बढाउने उद्धेश्य राखेको छ ।

२०२१ मा कम्पनीले ४ करोड ९८ लाख गोटा ग्यालेक्सी ए२१ तथा फोल्डेबललगायतका फ्लागसीप स्मार्टफोन उत्पादन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja