पोखरामा ३० सहित गण्डकीमा थपिए ४४ कोरोना संक्रमित



पोखरा

पोखरामा ३० सहित गण्डकीमा सोमबार दिउँसो थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ३ का १ पुरुष, ४ का ४ पुरुष, ५ का २ पुरुष, ६ का २ पुरुष तथा ३ महिला, १० का ३ महिला, १२ की १ महिला, १३ का १ पुरुष तथा १ महिला, १४ की १ महिला, १५ का १ पुरुष तथा १ महिला, १७ का १ पुरुष तथा २ महिला, १९ का १ पुरुष, २५ की १ महिला, २६ का १ पुरुष तथा १ महिला र ३२ का २ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँको भीमादका १ पुरुष, ऋषिङका १ पुरुष, शुक्लागण्डकीका १ पुरुष तथा १ महिला, स्याङ्जा पुतलीबजारका २ पुरुष, बागलुङको बागलुङ नगरपालिकाका २ पुरुष, कास्की मादीकी १ महिला, लमजुङको मस्याङ्दीकी १ महिला, म्याग्दी बेनीका १ पुरुष, नवलपुर मध्यबिन्दुका १ पुरुष, पर्वत जलजलाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४ सय २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja