पोखरा आउँदै गरेको बस र स्याङ्जा जाँदै गरेको ट्रक ठोक्किदा १७ घाइते



पोखरा

पोखरा आउँदै गरेको बस र स्याङ्जा जाँदै गरेको ट्रक शनिवार दिउँसो  एक आपसमा ठोक्किदा १७ जना घाइते भएका छन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका-११ बगालथोकमा ना ५ख ५१३९नंं को बस र लु १ख ६५९४ नंं. को ट्रक एक आपसमा ठोक्किदा ट्रक चालकसहित बसका १७ यात्रु घाइते भएका हुन् ।

घाइते मध्य गम्भीर ३ जनालाई थप उपचारको लागि पोखरा ल्याइएको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनुभयो ।

स्याङ्जाको अर्जुनचौपारीबाट पोखरातर्फ आउँदै गरेको उक्त बस र पोखराबाट वालिङतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja