यी हुन् विश्वमा सबैभन्दा धेरै बिक्री भएका फाइभ जी स्मार्टफोन



पोखरा

एप्पलले यो वर्ष सार्वजनिक गरेको सबैभन्दा पछिल्लो आइफोनको मोडेल आइफोन १२ विश्वबजारमा सबैभन्दा धेरै बिक्री भएको फाइभ जी स्मार्टफोन बन्न सफल भएको छ ।

काउन्टर प्वाइन्टको पछिल्लो रिपोर्टअनुसार गत अक्टोबर महिनामा सार्वजनिक भएको आइफोन १२ विश्वको सर्वाधिक लोकप्रिय फाइभ जी स्मार्टफोन बन्नेको हो । अक्टोबर महिनामा बिक्री भएका फाइभ जी स्मार्टफोनमध्ये १६ प्रतिशत हिस्सा आइफोन १२ ले ओगटेको छ ।

त्यस्तै आइफोन १२ सँगै लञ्च भएको आइफोन १२ प्रो सर्वाधिक लोकप्रिय फाइभ जी स्मार्टफोनको सूचीमा दोश्रो स्थानमा रहेको छ । आइफोन १२ प्रो को हिस्सा ८ प्रतिशत रहेको छ ।

अक्टोबर महिनामा विश्व बजारमा बिक्रि भएका फाइभ जी स्मार्टफोनमध्ये एक चौथाई स्मार्टफोन आइफोन १२ र आइफोन १२ प्रो रहेका छन् ।

तेश्रो स्थानमा सामसुङको ग्यालेक्सी नोट २० अल्ट्रा फाइभ जी रहेको छ । जुन गत सेप्टेम्बर महिनामा बेस्ट सेलिङ फाइभ जी डिभाइसको रुपमा रहेको थियो । अक्टोबर महिनाको बजार हिस्सा अनुसार नोट २० अल्ट्रा फाइभ जीको बजार हिस्सा ४ प्रतिशत रहेको छ ।

चौथो स्थानमा ३ प्रतिशत बजार हिस्सासहित हुवावे नोभा ७ फाइभ जी छ भने पाँचौँ स्थानमा हुवावेकै पी ४० फाइभ जी स्मार्टफोन रहेको छ ।

छैटौँ स्थानमा ओप्पोको ए७२ फाइभ जी स्मार्टफोन रहँदा सातौँ स्थानमा हुवावे पि४० प्रो फाइभ जी रहेको छ । त्यस्तै दुई प्रतिश बजार हिस्सासहित सामसुङ ग्यालेक्सी नोट २० फाइभ जी आठौँ स्थानमा छ भने सामसुङ ग्यालेक्सी एस २० प्लस फाइभ जी नवौं स्थानमा रहेकोछ ।

त्यस्तै दशौँ स्थानमा ओप्पोको रेनो ४ एसइ रहेको छ । जसको बजार हिस्सा २ प्रतिशत रहेको छ ।

रिपोर्टअनुसार अमेरिकामा टेलिकम सेवा प्रदायकहरुले फाइभ जी नेटवर्कसँग आबद्ध गरी ल्याएका अफरहरुका कारण आइफोन १२ र १२ प्रो को बिक्रीमा उच्च वृद्धि देखिएको छ । अमेरिकामा सबैजसो टेलिकम सेवा प्रदायकले शून्य डलर सुरुआती शुल्कमा आइफोन १२ लाई किस्ताबन्दीमा उपलब्ध गराउने अफर ल्याएका छन् ।

अघिल्लो महिना अमेरिकामा बिक्रि भएका आइफोन १२ र १२ प्रो को बिक्रिमध्ये एक तिहाई सोही प्रकारको अफरमा बिक्री भएका छन् ।

साथै विश्व बजारमा अन्य स्मार्टफोन भन्दा व्यापक रुपमा उपलब्धताका कारण पनि आइफोन १२ सर्वाधिक बिक्री हुन सफल भएको बताइएको छ । आइफोन १२ विश्वका १ सय ४० भन्दा धेरै देशका बजारमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja