ताप्लेजुङमा आलुको बीउ अभाव



पोखरा

ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डार मानिने पक्ताङलुङ गाउँपालिका-६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो ।

घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । यहाँ चैत महिनामा आलु रोप्ने र भदौमा खन्ने गरिन्छ । गत चैतमा १६ मुरी आलुको बीउ रोप्दा १० मुरी मात्र फलेको स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाले बताउनुभयो । यस्तै अर्का किसान केल्साङ शेर्पा गत चैतमा आठ मुरी रोपिएको आलुबाट पाँच मुरी मात्र उत्पादन भएपछि चिन्तित देखिनुहुन्छ ।

घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको ३३ घरपरिवार बसोबास गर्दै आएका छन् । यो समुदायले परापूर्वकालदेखि नै मुख्य बालीका रुपमा आलुखेती गर्दै आएको छ । यहाँ रातो, सेतो र सोलु गरी तीन प्रकारका आलु रोप्दै आएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष मङ्सिर १५ देखि यहाँका किसान चांैरी र याकलाई बोकाएर तीन घण्टाको पैदलयात्रा हिँडी फलेटारसम्म आलु बिक्री गर्न जाने गर्दछन् ।

लेलेप, हेल्लोक, तापेथोक, साँघु, इखाबु, लिङ्खिम, खेजिनेमलगायतका तल्लो गाउँका समुदाय मङ्सिर १५पछि कोदो र मकै बोकेर पाँच दिनको पैदल हिँडी फलेटार आलुको बिऊ साट्न पुग्छन् । यस वर्ष घुन्सामा राम्रो आलु नफलेपछि अधिकांश किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारणले विगतको जस्तो आलु उत्पादन नभएपछि बीउको अभाव भएको फक्ताङ्लुङ गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja