शेयर बजारमा उच्च गिरावट



पोखरा

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो ।

आइतबार बजार खुले देखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनैतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किदा नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । कारोबार शुरु भएदेखि नै घटिरहेको बजारमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको समाचार आएसँगै अन्तिम २५ मिनेटमा थप ४३ अंकको गिरावट दखियो ।

समग्रमा नेप्से ४ दशमलव ७७ प्रतिशत अर्थात ९६ दशमलव ८८ अंकले घटेर १ हजार ९ सय ३५ दशमलव ६३ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव २५ प्रतिशत अर्थात २६ दशमलव ३९ अंकले घटेर ३ सय ६९ दशमलव ५५ अंकमा झरेको छ ।

दिनभर १ सय ९८ कम्पनीको ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचकहरु घटेका छन् ।

कारोबारमा आएका समूहमध्ये सबैभन्दा धेरै अन्य समूह ८ दशमलव ३९ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत समूह ६ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूह ५ दशमलव ४८ प्रतिशत, जीवन बीमा समूह ५ दशमलव ०५ प्रतिशत, व्यापार समूह ४ दशमलव २८ प्रतिशत, विकास बैंक समूह ३ दशमलव ६९ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ९२ प्रतिशत, होटल समूह २ दशमलव ६३ प्रतिशत, फाइनान्स समूह २ दशमलव ३५ प्रतिशत र म्युचुअल फण्ड समूहका शुन्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचकमा भारी गिरावट आएपनि १४ वटा कम्पनीका शेयरधनीले भने कमाएका छन् । युनाइटेड इदी–मर्दी आरबी जलविद्युतका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । यस बाहेक विभिन्न १२ कम्पनीका शेयरधनीले ९ प्रतिशत भन्दा बढी गुमाएका छन् ।

जसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छ्याङ्दी जलविद्युत, अपर तामाकोशि जलविद्युत कम्पनी लगायतका कम्पनीका शेयरधनी रहेका छन् । यस्तै ने

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja