चार महिनामा चीनबाट सबैभन्दा बढी वैदेशिक लगानीको प्रतिवद्धता



पोखरा

 चालु आर्थिक वर्षको चार महिनामा चीन नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जानाउने मुलुक बनेको छ ।

यस अवधिमा चीनले नेपालमा १३२ अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र एकदमै प्रभावित भए पनि यस अवधिमा सबैभन्दा बढी एफडीआई प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ ।

केही वर्षयता निरन्तररुपमा चीन नेपालमा प्रत्यक्ष लगानी गर्ने पहिलो मुलुक बन्दै आएको छ ।

सरकारी अधिकारीहरुलाई उद्धत गदै सरकारी सञ्चार माध्यम सिन्हाले जनाएअनुसार पर्यटन क्षेत्रमा चीनले ८९ मिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ, जुन चीनले नेपालमा प्रतिवद्धता गरेको एफडीआइएको ६६ प्रतिशत हुन आउँछ ।

सो समाचार संस्थाका अनुसार विशेषतगरी होटल र रेष्टुरेन्ट क्षेत्रमा सो प्रतिवद्धता आएको हो ।

यस अवधिमा ब्रिटिश भर्जिन आइल्याण्ड, भारत, ब्रिटेन र मेक्सीकोले पनि लगानीको प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja