बागलुङमा दुई फरार प्रतिवादी पक्राउ



पोखरा

कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ का गणेश आचार्य र गलकोट नगरपालिका–८ का राजु परियार छन् ।

अदालतबाट दोषी ठहर भई फैसला कार्यान्वयन हुन बाँकी रहेका आचार्य र परियारलाई घरमै लुकिछिपी बसेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।

३६ वर्षीय आचार्यलाई कूटपिटको मुद्दामा अदालतले विसं २०७१ वैशाख १३ मा आठ महिना कैद र रु चार हजार जरिवानाको फैसला गरेको थियो । यस्तै सार्वजनिक अपराधमा पक्राउ परेका ३९ वर्षीय नेपालीले विसं २०७३ माघ १० मा रु छ हजार जरिवानाको सजाय पाएका थिए ।

पछिल्लो समय प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । कार्यालयका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले एक महिनायता १०७ जना फरार प्रतिवादी पक्राउ परेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja