प्रदेश १ मा आज पनि दशैँ बिदा



पोखरा

प्रदेश १ सरकारले बुधबार पनि दशैँको सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले मंगलबारसम्म मात्र सार्वजनिक बिदा दिए पनि प्रदेश १ ले भने बुधबारसम्म नै दशैँको बिदा दिएको हो ।

यसअघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबारसम्म अर्थात् फूलपातीदेखि बुधबारसम्म दशैँको बिदा दिने उल्लेख गरेको थियो ।

यो निर्णयसँगै प्रदेश १ मा बिहीबारबाट मात्रै सरकारी कार्यालय खुल्ने भएका छन् ।

प्रदेश १ को राजपत्र अनुसार तिहार बिदा तीन दिनलाई दिइएको छ । लक्ष्मी पूजादेखि भाइटीका सम्मलाई बिदा दिने राजपत्रमा उल्लेख छ । लक्ष्मीपुजा कार्तिक २९ गते रहेको छ भने भाइटीका मंसिर १ गते सोमबार छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja