च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित



पोखरा

च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा डेनिस क्लब एफसी मिद्त्जील्यान्डलाई २-० ले पराजित गर्दै लिभरपुलले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र मोहमद सलाहले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले दुबै गोल गरेको थियो ।

खेलको ५५औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

जितसँगै लिभरपुलले समूह ‘डी’ मा २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा लिभरपुलले डच क्लब आयाक्सलाई १-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja