शाहरुखलाई फ्यानले सोधे – अब ५० वर्षपछि घोषणा गर्ने हो नयाँ फिल्म ?



पोखरा

बलिउड सुपरस्टार शाहरुख खान दुई वर्षदेखि फिल्ममा देखिएका छैनन् । उनले अहिलेसम्म नयाँ फिल्मको घोषणा गरेका छैनन् ।

यसैबीच शाहरुखलाई उनका फ्यानले आगामी फिल्म कहिले घोषणा गर्ने भन्दै प्रश्न राखेका छन् ।

शाहरुखले हालै ट्वीटरमा आफूलाई प्रश्न सोध्न फ्यानहरुलाई भनेका थिए । सोही क्रममा एक फयानले सोधे – सर, मेरो जीवनको केवल ५० वर्ष बाँकी छ, त्यतिबेलासम्म तपाईं आफ्नो नयाँ फिल्म घोषणा गर्नुहुन्छ ?

फ्यानको जवाफमा शाहरुख खानले लेखे – मेरो जीवनको ५० भन्दा बढी समय भयो फिल्म गर्दागर्दै, पक्कै पनि यही गरिरहनेछु अघिल्लो ५० वर्ष पनि, अघिल्लो ५० वर्षसम्म पनि कृपया तपाईं हेर्दै जानुस् ।’

शाहरुखको यो जवाफलाई फ्यानले रमाइलो मानेर शेयर गरेका छन् ।

शाहरुख यसअघि अनुष्का शर्मा र क्याटरीना कैफसँग फिल्म ‘जिरो’ मा देखिएका थिए । उक्त फिल्म फ्लप भएपछि उनी कुनै फिल्ममा देखिएका छैनन् । तर, आफ्नो प्रोडक्सन हाउसबाट उनले वेब सिरिज भने निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja