कोरोना संक्रमणबाट नेकपा नेता चौधरीको मृत्यु



पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिए ।

ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्या भएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएको थियो । चौधरीको स्वास्थ्य समस्या बढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

चौधरी २०७० सालको संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja