छुरा प्रहार गरी अभिनेत्री मल्होत्राको हत्या प्रयास



पोखरा

बलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्याको प्रयास भएको छ ।

उनलाई पेटमा छुरा प्रहार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । चर्चित टेलिभिजन सिरियल उडानबाट परिचित अभिनेत्री माल्वीले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् । अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

माल्वीलाई पेटमा छुरा प्रहार गरिएको छ । पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए । माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ ।

उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइउको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ ।

आक्रमणकारीको पहिचान भइसकेको छैन । आक्रमणकारीविरुद्धवर्सोवा पुलिस स्टेसनमा मुद्दा दर्ता गरी खोजी भइरहेको छ । आक्रमण किन गरियो भन्ने पनि अहिलेसम्म प्रस्ट हुन सकेको छैन । माल्वीले कलर्स च्यानलबाट प्रसारण हुने चर्चित शो उडानमा काम गरेकी छिन् ।

उनले हिन्दी फिल्म होटल मिलनसहित कैयौं दक्षिण भारतीय फिल्ममा पनि काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja