पोखराको चिसाखोलामा सुतेकै ठाँउमा युवतीको मृत्यु



पोखरा

म्याग्दी जिल्ला घरभई पोखरा–१८ चिसाखोलामा डेरागरी बस्ने ३३ वर्षीया रुपा फगामी मगर मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार राति खाना खाएर सुतेकी रुपा मंगबलार बिहान ५.०० बजे आफ्नै विस्तारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मगर मृत फेला परेपछि उनको परिवार र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त कोठामा उनका पति र सासु–ससुरा समेत बस्दै आएका थिए । कास्की प्रहरीका अनुसार मगरको शरिरमा कुनै घाउचोट देखिएको छैन, मगरको शल्य परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja