भारत र अमेरिकासँग सम्बन्ध चिसिएकै बेला चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक शुरु



पोखरा

आगामी पाँच वर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक शुरु भएको छ ।

सो पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा शुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ ।

भारत र अमेरिकासँग बढ्दो द्वन्द्व र कोभिड–१९ का कारण विश्व नै आक्रान्त भइरहेको समयमा बस्न लागेको सो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

अर्काेतर्फ अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सो बैठक हुन गइरहेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र  जो बाइडन दुवैले चीनप्रति आक्रामक हुने छनक दिइसकेका छन् ।

सो बैठकले आगामी सन् २०३५ सम्मको भिजनसमेत तयार पार्ने चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उदाउँदो शक्ति चीनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुसमेत सो बैठकले तय गर्नेछ ।

सो बैठकले पार्टीको मामिलामा केन्द्रीय समितिलाई अझ धेरै अधिकार दिने र त्यसमार्फत चिनियाँ राष्ट्रपति सी चिनफिङ अझै शक्तिशाली हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja