कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने



पोखरा

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष स्थगित गरेको छ ।

कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ ।

तर यस वर्ष कोरोना महामारीका कारण कात्तिक १४ गतेको चियापान कार्यक्रम नगरिने पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja