कुवेतमा भारतीयले गरे नेपाली महिलाको हत्या



पोखरा

कुवेतमा एक भारतीयले नेपाली महिलाको हत्या गरेका छन् ।

कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी ती महिलाको शव भेटिएपछिको अनुसन्धानमा उनको हत्या भएको खुलेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

अपार्टमेन्टमा महिला मृत भेटिएको जानकारीपछि अनुसन्धानका लागि पुगेको प्यारामेडिकल टिमसहित पुगेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनको घाटी थिची हत्या भएको निष्कर्ष निकालेको छ । ती महिलाको हत्या आशंकामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ती व्यक्तिले आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग लागेको पाएपछि हत्या गरेको जनाएको प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । प्रहरीले दुबैको परिचय खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja