लेवान्डोस्कीको ह्याट्रिकमा बार्यन म्युनिखको शानदार जित



पोखरा

बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा शानदार जित हात पारेको छ ।

घरेलु मैदानमा शनिबार आइनट्राख्ट फ्रान्कफुर्टलाई ५-० गोल अन्तरले पराजित गर्दै साविक विजेता बायर्नले शानदार जित निकालेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । यस्तै लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे ।

फराकिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको २६औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

८१औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा बायर्न ३-० ले अघि रह्यो ।

घरेलु मैदानमा ह्याट्रिक पूरा गरेसँगै लेवान्डोस्कीले यस सिजन ५ खेलमा १० गोल पूरा गरेका छन् ।

खेलको ७३औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा जमलले गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए । १७ वर्षीय जमलको यो सिनियर टिमका लागि पहिलो गोल हो ।

बायर्न ५ खेलमा १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ । ८ अंक फ्रान्कफुर्ट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja