अमेरिकामा ८८ लाखभन्दा बढीमा कोरोना संक्रमण



पोखरा

अमेरिकामा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७९ हजार ४४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८८ लाख २७ हजार ९३२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ४१ हजार ६११ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २८ लाख ५६ हजार २५३ जनामध्ये १६ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३० हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ७८४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ३० हजार ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja