कोरोनाबाट पोखरामा थप ४ जनाको मृत्यु



पोखरा

कोरोना  भाइरस संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १ का ४२ वर्षीय कोरोना संक्रमित  पुरुषको शुक्रबार बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान जानकारी दिएको हो  । असोज ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उहाँमा कार्तिक ३ गते कोरोना पुष्टि भएको थियो । उहाँमा कोरोना सँगै निमोनियाको पनि समस्या रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ०९:३० बजे गण्डकी मेडिकल कलेज पोखरामा  निधन भएको छ।  उहाँमा कार्तिक  ०६ गते कोरोनाको संक्रमण पुष्टि भएकोमा ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । निर्देशनालयका अनुसार  उहाँमा कोभिड-१९ सहित निमोनियाको  समस्या रहेको थियो ।

पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको शनिबार दिउसो ४:२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको हो । कार्तिक ७ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उहाँमा कोभिड-१९ सहित  निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।

पोखरा महानगरपालिका-१५ का ५२ वर्षीया कोरोना संक्रमित महिलाको मिति शनिबार राति १०:२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको छ । उहाँमा शनिबार नै  कोरोनाको संक्रमण पुष्टि भएपछि  उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja