महामारीको बेला सरकार बेपत्ता



“ नगर्ने भए उपचार किन तिर्ने हाम्ले कर”

No treatment ,No  tax प्लेकाड सहित ने वि संघले स्वत स्फूर्त रुपमा पोखराको विभिन्न स्थानमा सरकार विरुद्ध प्रर्दशन गरेको छ ।
विश्व कोराना आक्रान्त भएका बेला नेपाल सरकारले कोरोना संक्रमणलाई भ्रष्टाचार गर्ने बहाना मात्रै बनाएको भन्दै ने विं संघले प्रर्दशन गरेको हो ।

स्वास्थ्य सामाग्रीमा अरबौ घोटला गरेको सरकार निर्लज ढंगबाट प्रकट हुंदा धैर्य र शान्त तर भयवित रहेका जनताको धैर्यताको बांध तब फुट्यो, जब नागरिकहरुले आफ्नो उपचार आफै गर्नु पर्ने, अस्पतालमा भर्नाको ब्यवस्था नहुने र मृत्यु भएमा शब परिवारले नै ब्यवस्थापन गर्न पर्ने जस्ता अमानवीय र गैह्रजिम्मेवार निर्णय सरकारले गर्याे भन्दै , नेवि संघ केन्द्रिय सदस्य तथा No treatment ,No  tax सरकार विरुद्धको अभियान संयोजक देवकृष्ण पराजुलीले यो अभियान आयोजना गरेको बताए ।

किसान संघ केन्द्रीय सदस्य तथा अभियान No treatment ,No  tax व्यवस्थापक अमृत श्रेष्ठले ,
, कोभिड १९ ले विश्व नै आक्रान्त भएको छ , तर कतिपय देशले जनतालाई प्राथमीकतामा राखी कोभीड १९ को सामाना गर्ने कार्यक्रम ल्याए तर , नेपाल सरकारले कुर्नै प्रभावकारी जनता र कोभिड १९ केन्द्रीत कार्यक्रम ल्याउन सकेको छैन् ,
अरु विकसित मुलुककोे तुलना हामीले गर्दैनौ, तर नेपाल सरकारले गर्नै पर्ने जनता प्रतिको उत्तरदायित्व बाट पनि निर्लज रुपमा पन्छीदा हामी सरकार विरुद्ध उत्रिन बाध्य भयौं भनी सरकार विरुद्ध आक्रोश पोखे ।
नेवि संघ केन्द्रीय सदस्य सरोज के सी ले ,
कोराना संक्रमणले विश्व नै आक्रान्त भएको बेला नेकपा ,सरकार पार्टिको आन्तरीक द्धन्द्धमा व्यस्त, भ्रष्टचारले लिप्त , जनता प्रतिको दायित्व पुरा नगर्ने करमा सहौलियत छैन्, समयमै नतिरे जरिवाना, आफु जनताको करले विदेश उपचार गर्न जाने, नेपाली जनतालाई नेपालमै राम्रो , स्वास्थ्य सेवा तथा कोरोना संक्रमणलाई केन्द्रीत गरी स्वस्थ्य सेवा उपलब्ध गराउन पनि पन्छीने सरकारको प्रबृत्ती निर्लज भयो भनी सरकार विरुद्ध आक्रोष पोखे । “नो ट्रिटमेन्ट नो ट्याक्स“ अभियानको अग्रमोर्चामा ,ने वि संघ पूर्व केन्द्रीय सदस्य पुनम भट्ट,भट्टराई , ने संघ नेता पशुपति भट्टराई, तारा अधिकारी, महादेब गिरी, सन्देश पराजुली, डा. नयन कोईरला, सुरेन्द्र कोईरला, अर्जुन बहादुर अधिकारी लगाएत बिभिन्न सामाजिक अभियान्ताहरु हुनुहुन्छ। यो अभियानलाई निरन्तरता दिदै दशैको टिकामा पनि ब्यानर प्रस्तुत गर्ने अभियानका संयोजक पराजुलीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja