युरोपा लिगमा एसी मिलानको विजयी सुरूवात



पोखरा

इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको आफ्नो पहिलो खेलमा सेल्टिकलाई ३-१ गोलले पराजित गर्दै मिलानले सुखद सुरुवात गरेको हो ।

सेल्टिक मैदानमा राडे क्रुनिकले १४औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै अग्रता २-० को बनाए ।

खेलको ७६औं मिनेटमा मोहमेद एल्यौनोसीले गोल गर्दै सेल्टिकलाई खेलमा फर्काउने कोशिस गरे ।

तर, ९०औं मिनेटमा जेन्स पिटर हउगेले गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै समूह ‘एच’ को मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja