विश्वभर २४ घण्टामा थप ४ लाख ७७ हजार जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुग्यो



पोखरा

विश्वभर एकैदिन ४ लाख ७७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ७७ हजार ७५१ जनामा संक्रमण भएसँगै विश्वभर कोरोना संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ११ लाख ८१ हजार ८०१ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ४६४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार १६१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८६ लाख ६१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख ५९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ३२ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४५ हजार ५०८ जनाको मृत्यु भएको छ । ७७ लाख ५५ हजार ४८८ जना संक्रमित भएकोमा ३३ लाख ४५ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja