पोखरा घुम्न आएका युवकको मृत्यु



पोखरा

पोखरा घुम्न आएका भारतको आन्ध्र प्रदेशका एक युवकको पोखरामा बिहीबार राति मृत्यु भएको छ ।

काठमाण्डौ स्यमम्भुमा डेरा गरी बस्ने मनमोहन मेडिकल कलेज काठमाण्डौमा अध्ययनरत २५ वर्षीय वाई किशोर विल्लीको बिहीबार राति ११:०५ मा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता एवं  डिएसपी सुबास हमालले जानकारी दिनुभयो  ।

साथीहरुसँग बिहीबार पोखरा घुम्न आएका विल्ली बिहीबार राति ११.०० बजे बिरामी भएपछि  उपचारका लागि पोखराको चरक अस्पताल लगेकोमा  चिकित्सकले ११.४५ मा मृत घोषणा गरेको डिएसपी  हमालले उल्लेख बताउनुभयो  । डिएसपी हमालका अनुसार मेडिकल इन्टर्नशिप गर्ने ९ पुरुष तथा ४ महिला पोखरा घुम्न आएको बेला विल्ली अकस्मात बिरामी परेपछि साथीहरुले हस्पिटल पुर्याएका थिए ।

मृतकले  नशालु पदार्थ सेवन गरेको आशंकामा अनुसन्धान अगाडि वढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja