लमजुङमा करेण्ट लागेर मृत्यु



पोखरा

यहाँ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका -९ मोहोरियाकोटका २८ वर्षीय रवीन्द्र पराजुलीको खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सोही वडामा सौर्यबत्तीका लागि नयाँ खम्बा गाड्ने क्रममा नाङ्गो तारमा छुन पुग्दा उहाँलाई करेण्ट लागेको थियो । उहाँलाई नगरपालिकाको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लैजाँदा बाटामा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । शव परीक्षणका लागि बेँसीशहर नगरपालिका -८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।

केही समयपछि परीक्षण गरेर परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । बडादशैँका बेला गाउँले मिलेर चौतारानिर उज्यालो बनाउनका लागि सौर्यबत्ती राख्ने क्रममा करेण्ट लागेर उहाँको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja